दाङ । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।
सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । लामो समय माओवादी केन्द्रबाट राजनीति गरेका गौतम स्थानीय रुपमा लोकप्रिय मानिन्छन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए ।
गौतमले आफूले राजनीतिक रुपमा आस्था राख्दै आएको नेकपा माओवादी केन्द्र कम्युनिस्ट पार्टी नरहेको टिप्पणी गर्दै राजीनामा दिनुको विकल्प नरहेको बताए । माओवादीले कम्युनिस्ट आदर्श गुमाइसकेको गौतमले बताए ।