काठमाडौँ l रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकासहित तीन उपमहानगरपालिकामा दाबी गरेको छ ।
जसपाले विराटनगर महानगरपालिकामा समेत आफ्नो शक्ति रहेको जनाएको छ । वीरगञ्ज महानगरपालिकासहित धरान, जनकपुरधाम र नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा जसपाको दाबी पेश भएको छ ।
जसपाका एक नेताका अनुसार वीरगञ्ज महानगरपालिकासहित जनकपुरधाम र नेपालगञ्ज बटम लाइन हो । नेपालगञ्ज उपमहानगरपालिका नपाए गठबन्धन नहुने सो पार्टीका नेता इस्तियाक राईले बताइसकेका छन् ।