काठमाडौँ l नेप्सेमा पहिलो दिन नै पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से २९ दशमलव छ अंकले घटेर २३ सय ८५ दशमलव ६४ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दशमलव १२ अंकले घटेर चार सय ५० दशमलव ९७ अंकमा पुगेको छ ।
दुई सय ३३ वटाा कम्पनीहरुको २९ हजार ४४ पटकको कारोबारमा ३४ लाख सात हजार दुई सय ७२ कित्ता सेयर किनबेच भएका छन् कारोबार रकम एक अर्ब ४४ करोड सात लाख २३ हजार एक सय ८२ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोबार भएकोमा हुंदा समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ८९ अंकले घटेर १५ सय ९५ दशमलव ४५ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ४२ दशमलव ८८ अंकले घटेर १८ सय चार दशमलव २६ अंकमा झरेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि एक सय २० दशमलव ६५ अंकले घटेर ११ हजार ६२ दशमलव ५१ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि दुई सय दशमलव ८७ अंकले घटेर १२ हजार नौं सय ५१ दशमलव १९ अंकमा पुगेको छ ।
यसैगरी विकास बैंक, जलबिद्युत, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन ऊर्जा विकास कम्पनी परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम परेको छ ।