शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्याङ्जामा जिप दुर्घटना : पाँच जनाको मृत्यु, ६ घाईते

आइतबार, बैशाख ४ २०७९

पोखरा । स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १२ डाँडाखर्कमा जीप पल्टिएको हो ।

जीपमा एक बालकसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

जीपमा ११ जना सवार थिए । तीमध्ये थप दुईजनाको अवस्था गम्भीर छ । घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । मृतकको पहिचान अझै खुलेको छैन । प्रत्यक्षदर्शीसमेत कोही नभएको प्रहरीले जनाएको छ ।