शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

‘गठबन्धनलाई धोका दिन मिल्दैन’

आइतबार, बैशाख ४ २०७९

काठमाडौँ l कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलहरुलाई धोका दिन कांग्रेसलाई नैतिकता नसकिने बताएका छन् ।

शनिबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले गठबन्धन दलहरुकै सहयोगमा आफू प्रधानमन्त्री बनेको उल्लेख गर्दै अहिले आएर सहयात्री दलहरूलाई धोका दिन नमिल्ने धारणा राखेको एक कार्यसम्पादन समिति सदस्यले बताए ।

केही नेताहरुले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि उनले यस्तो बताएका हुन् । देउवाले पार्टीले नै गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको भन्दै आफूले त्यहीअनुसार गठबन्धन दलसँग सहमति गरेको धारणा पनि राखे ।

देउवाले बैठकमा चितवनको भरतपुर महानगरपालिका माओवादीलाई छाड्ने संकेत पनि गरे । बैठकमा नेताहरुले भरतपुरको मेयर कुनै हालत छाड्न नहुने बताएका थिए ।

तर, देउवाले भरतपुर नगर कमिटीको सभापतिले आफूसँग उपमेयर लड्न तयार छु भनिसकेको बैठकमा बताएको ती नेताको भनाइ छ ।