शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

आइतबार, चैत्र २७ २०७८

काठमाडौं । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभा गृहमा सम्मेलनको उद्घाटन हुने भएको हो । 
सम्मेलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

 सम्मेलनलाई सम्बोधन गर्न हिजो बाग्लुङको गएका अध्यक्ष ओली आजै बिहान काठमाडौं आउने भएका छन् । मौसम प्रतिकूलताका कारण उनी हिजो आउन सकेनन् । 
उनी हिजो पर्वत र बाग्लुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न गएका थिए ।