शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

शुक्रबार, चैत्र २५ २०७८

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९९ रुपैयाँ हजारमा कारोबार भएको थियो । 

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार छ । यसको मूल्य बुधबार प्रतितोला  ९८ हजार ५०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० रुपैयाँले बढेर एक हजार ३५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

 अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२८ डलर आसपास कारोबार भइरहेको छ ।