शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाल बार मतगणना गठबन्धनको प्यानलै अगाडि

बिहिबार, चैत्र २४ २०७८

काठमाडौँ l नेपाल बार एसोसिएसन जारी मतगणनामा गठबन्धननिकट कानुन व्यवसायीका सबै उम्मेदवारको अग्रता कायमै छ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीनिकट कानुन व्यवसायीका अध्यक्षका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्यानलले अग्रता लिएको हो।

बुधबार दिउँसो ३ बजेसम्म घिमिरेले १०७५ मत पाएका छन् भने एमालेनिकट कानुन व्यवसायीहरूको संगठन पिपिएलबाट अध्यक्षका प्रत्यासी बनेका विष्णुमणि अधिकारीले ५५३ मत पाएका छन्।

गठबन्धनका उम्मेदवार हालसम्म दोब्बर मतले अगाडि देखिएका छन्।

त्यस्तै, गठबन्धनबाट महासचिवकी उम्मेदवार अञ्जिता खनालले ९६० मत पाएकी छन् भने पिपिएलका केदार कोइरालाले ६५७ मत प्राप्त गरेका छन्।
नेपाल बारको २६औँ कार्यसमिति चयनका लागि शनिबार मतदान भएको थियो।