शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजदेखि हुने उद्योग व्यवसाय महासंघको महाधिवेशनलाई एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

बुधबार, चैत्र २३ २०७८

काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।

कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम  छ ।

महाधिवेशनमा देशभरबाट उद्योग व्यवसयमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ ।

महासंघ एमालेको २२औँ जनवर्गीय संगठनको रूपमा सक्रिय छ ।