शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री देउवाले आज बस्ने सत्ता गठबन्धनको बैठकमा भारतीय नेताको सन्देश सुनाउने अनुमान

मंगलबार, चैत्र २२ २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणबाट स्वदेश फर्किएपछि पहिलो पटक सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्न लागेको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्दै छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा चार मन्त्रीसहित ५० जनाको जम्बो टोली लिएर भारत भ्रमणमा गएका थिए ।

प्रधानमन्त्री देउवा कूटनीतिक मर्यादा विपरीत भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालयमा गएको भन्दै चौतर्फी आलोचना समेत भएको थियो । त्यहाँ भएको छलफलमा भाजपाका नेताहरुले प्रधानमन्त्री देउवालगायत नेतासँग नेपालमा पनि गठबन्धनको संस्कार विकास भएको प्रशंसा गर्दै गठबन्धनप्रति समर्थनको सन्देश समेत दिएका थिए ।

यसैबीच सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ ।  आज बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल गर्ने भनिएपनि प्रधानमन्त्री देउवाले भारतीय नेता तथा भारतको सन्देश सत्ता गठबन्धनका नेतालाई दिने अनुमान गरिएको छ ।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानु अघि १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

फाइल तस्बिर