शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसको घोषणापत्र तयारी समितिमा देउवाले बनाए पत्नी आरजुलाई सदस्य

मंगलबार, चैत्र २२ २०७८

काठमाडौँ l नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्यहरू मनोनयन गरेको छ ।

समिति सदस्यमा डा. आरजु राणा देउवा, मधु आचार्य, प्रा.डा. गोविन्दराज पोखरेललगायत २८ जनालाई सभापति शेरबहादुर देउवाले मनोनयन गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ३ गते महामन्त्री गगन थापाको नेतृत्वमा समिति गठन गरेको थियो ।

277754123_536381491182776_1933666218458669935_n-593x768.jpg