काठमाडौँ l नेप्से घटेर पुरै रातो भएको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से १५ दशमलव ९४ अंकले घटेर २४ सय ९७ दशमलव ४७ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव ४७ अंकले घटेर चार सय ६६ दशमलव ५५ अंकमा झरेको छ ।
आज दुई सय २६ वटा कम्पनीहरुको ३१ हजार पाँच सय ६७ पटकको कारोबारमा ३४ लाख २९ हजार नौं सय १७ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार पाँच सय ६२ रुपैंयाँ पुगेको छ ।
१३ वटा समुहको कारोबार हुंदा आज १३ वटै समुहहरुको सुचक घटेको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक चार दशमलव आठ अंकले घटेर १६ सय २९ दशमलव ४८ अंकमा पुग्दा जलविद्युत समुहको सुचक पनि २४ दशमलव आठ अंकले घटेर २९ सय सात दशमलव ३५ अंकमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि एक सय ९९ दशमलव ४६ अंकले घटेर ११ हजार आठ सय ७४ दशमलव ५९ अंकमा पुग्दा जीवन बीमा, विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामाुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इर्मजिङ नेपाल लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा इर्मजिङ नेपाल लिमिटेड परेको छ ।