पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार पराजित भएका छन् ।
सत्ता गठबन्धनबाट अध्यक्षका उम्मेदवार नरेन्द्र अधिकारी एमाले पक्षधर नवराज घिमिरेसँग पराजित बनेका हुन् ।
एमाले पक्षधर उम्मेद्वार घिमिरेले ६ सय ५२ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार अधिकारीले ५७३ मत पाएका छन् ।
अधिकारी सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र संघीय समाजवादीबीच गठबन्धन थियो भने एमाले र राप्रपाको गठबन्धन बनेको थियो ।
स्थापनाकालदेखि पहिलो पटक पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व कांग्रेसले गुमाएको छ ।
पदाधिकारीमा भने मिश्रित परिणाम आएको छ ।