शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जुम्लामा एमाले क्रेज: विभिन्न दल परित्याग गरी हजारौं नेता-कार्यकर्ता एमाले प्रवेश (तस्वीरसहित)

शुक्रबार, चैत्र १८ २०७८

काठमाडौं  । नेकपा एमाले जुम्लाले बिहीबार भब्य रुपमा चुनावी सभा गरेको छ ।

उक्त सभालाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । उक्त सभालाई अध्यक्ष ओलीले सम्बोधन मात्र होइन अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने हजारौंं नेता कार्यकर्तालाई पार्टीमा प्रवेश समेत गराए । केही दिन यता देशैभरी अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने लहरै चलेको छ ।

जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा बिहीबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य सहित नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबाट सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

277306355_520081046147791_1171754091863139479_n.jpg

आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा समेत दिए । देउवा नेतृत्व सरकारको दिनगन्ती शुरु भइसकेको बताउँदै उनले ‘यो म्यादी सरकार हो । दिनगन्ती शुरु भइसकेको छ । यो सरकार चुनावसम्म पनि जानेवाला छैन ।’ अध्यक्ष ओलीले भने, ‘नेकपा एमाले प्रतिको जनताको आकर्षणले गठवन्धनको सरकारलाई छटपटी भइरहेको छ । अहिलेको सरकार जनतालाई ढाट्ने र छक्याउने खेलमा लागी परेको छ । यिनीहरुको कुनै पार्टीको ठेगान छैन । यो सरकार चाँडै ढल्नेवाला छ । जनतालाई अलमल्याउन खोज्ने सरकारको आयु धेरै हुनेवाला छैन । नेपालको विकास गर्ने एकमात्र पार्टी नेकपा एमाले हो । ‘

277528128_520080796147816_5541800415002413446_n.jpg

जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनि ठाउँ भएकोले विकासको खाँचो रहेको बताउँदै उनले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरी लगायतका धार्मिक पर्यटकीय स्थल रहेको जिल्ला भएको बताएका थिए ।
यसअघि ओलीले  कालिकोटको सदरमुकाम मान्ममा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई स्वागत गरेका थिए ।

277352056_520080889481140_8007266511274824625_n.jpg

कालिकोट जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलगायतका नेता-कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले अध्यक्ष ओलीलाई स्वागत गरेका थिए ।

k.jpg

अध्यक्ष ओलीले दैलेखको दुल्लुमा समेत सम्बोधन गरेका थिए । अध्यक्ष ओली कर्णाली प्रदेशका विभिन्न जिल्लाका चुनावीसभामा सम्बोधन पछि साँझ नेपालगञ्ज झरेका थिए ।

277756738_520081129481116_1087345350481005674_n.jpg

kk.jpg