शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उदयपुर उद्योग वाणिज्य संघले गर्‍यो कृषि उद्यम केन्द्रका सभापति सुमार्गीलाई स्वागत

शुक्रबार, चैत्र १८ २०७८

काठमाडौ । उदयपुर उद्योग वाणिज्य संघ कटारीले कृषि उद्यम केन्द्रका सभापतिसमेत रहेका उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीलाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा अध्यक्ष पुष्कर खड्काले सभापति सुमार्गीलाई स्वागत गर्दै संस्था बलियो बनाउन व्यवसायी बलियो हुनपर्ने बताएका थिए ।

कार्यक्रममा सुमार्गीले सय किसान अभियानको बारेमा प्रष्ट पारे । उनले जिल्ला नगर ५० प्रतिशतको शेयरहोल्डर भएकोले जिल्ला/ नगरको तर्फबाट उद्योगीको बलियो उपस्थिति हुनपर्ने बताए । अहिले मुलुक कृषितिर ढल्केको भन्दै कृषिलाई व्यवसायीक बनाउन जरुरी रहेको  बताए ।

उनले नेपालभरी कृषिको लहर ल्याउन कृषि उद्यम केन्द्रले पहल गरिरहेको र त्यसको लागी केन्द्र सरकार र प्रदेश सरकारसंग सहकार्यलाई अघि बढाएको जानकारी दिए ।

केन्द्रको अगुवाइमा नेपालको विभिन्न कृषिजन्य बस्तु कतारमा हुने बिश्वकपमा राख्ने तयारी भैरहेको जानकारी गराउँदै उनले उत्पादित बस्तुको बजारीकरणको लागि केन्द्रले विभिन्न योजना बनाइरहेको बताए  ।

स्वागत कार्यक्रममा सुमार्गीले उद्योगी/व्यवसायीसंग अन्तरक्रिया समेत गरेका थिए । सो क्रममा उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष  खड्का, पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति थियो ।