शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सबै स्थानीय तहमा उम्मेदवारी दिन्छौं, आवश्यकताको आधारमा तालमेल हुनसक्छ : राजेन्द्र लिङ्गदेन

शुक्रबार, चैत्र १८ २०७८

जनकपुरधाम ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशका सबै स्थानीय तहमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार रहने बताएका छन् ।

आज जनकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आवश्यकता परेको खण्डमा कुनै पनि राजनीतिक दलसँग आफ्नो पार्टीको तालमेल हुनसक्ने पनि बताए ।

अघिल्लो स्थानीय तहको चुनावमा ७ सय ५३ मध्ये मुस्किलले ४० प्रतिशत स्थानीय तहमा उम्मेदवारी दिँदा पाँच स्थानीय तह जितेको र जितेका पालिकाहरुमा आफ्ना प्रतिनिधिले राम्रो काम गरेकाले अब धेरै पालिकामा जित्ने उनको दावी थियो ।

सिन्धुली र उदयपुर जिल्लामा हुने पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी जनकपुर ओर्लिएका थिए । उनीसंगै पार्टी उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही सहितका नेताहरु पनि थिए ।