शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तालमेलको प्रस्ताव लिएर एमाले अध्यक्ष ओलीलाई राप्रपाका महामन्त्री राणाले गरे भेट

शुक्रबार, चैत्र १८ २०७८

नेपालगन्ज । नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ नेपालगन्जमा एमालेका अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता भएको हो । उनीहरुबीच गठबन्धनको विषयमा छलफल भएको छ । 

स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल भएको हो ।

भेटवार्तापछि डा. राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले-राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए ।

भेटका क्रममा स्थानीय तहको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको उनले बताए ।

‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ ।’ राणाले भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।’

भेटवार्ता सकारात्मक भएको पनि उनले बताए । 

सत्तारुढ पाँच दलबीच गठबन्धन गरेर जाने निर्णय भएसँगै सत्ता बाहिरका दलहरुले पनि गठबन्धनका विषयमा छलफल सुरु गरेका छन् ।