काठमाडौं । सरकारले तीन जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु पन्त, सिंह र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको थियो ।
त्यसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो ।
पुनरावलोकन समितिले बढुवा सिफारिस समितिको निर्णय बदर गर्नुपर्ने कुनै कारण नरहेको निष्कर्ष निकालेको थियो ।
लोक सेवा आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।
बढुवा भएका तीन जनालाई आजै दर्ज्यानी चिह्न लगाइदिने कार्यक्रम छ ।