शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तीन एआएइजी बढुवाको सिफारिस पुनरावलोकन समितिद्वारा सदर, के गर्लान् असन्तृष्ट डीआईजीहरू ?

बिहिबार, चैत्र १७ २०७८

काठमाडौं । गृहमन्त्रालयले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसलाई लोकसेवा आयोग समेत सदस्य रहेको पुनरावलोकन समितिले सदर गरेको छ ।

गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष, सदस्य सचिव आईजीपी शैलेश थापा क्षेत्री र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

आयोगबाट सिफारिस सदर भएसँगै सरकारलाई बढुवाको बाटो खुलेको छ ।

कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले लोक सेवा आयोगमा सचिवालय रहेको पुनरावलोकन समितिमा उजुरी दिएका थिए ।

आयोगबाट चित्तबुझ्दो निर्णय नभए अदालतसम्म जानेसमेत असन्तृष्ट डीआईजीहरूले बताएका थिए ।