शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विश्वकप छनोट: ब्राजिलको सानदार जित, अर्जेन्टिना इक्वेडरसँग बराबरी

बुधबार, चैत्र १६ २०७८

काठमाडौं । कतार विश्वकप-२०२२ छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० अन्तरले पराजित गरेर जित निकालेको हो ।

ब्राजिलको जितमा रिचार्लिसनले दुई गोल गरे । यस्तै लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक-एक गोल गरे ।

यता युरोपिन अर्को देश अर्जेन्टिना भने इक्वेडरसँग बराबरीमा रोएिको छ ।

आजै  बिहान भएको खेलमा दोस्रो स्थानको अर्जेन्टिना इक्वेडरसँग १–१ को बराबरीमा रोकियो । जुनियन अल्भारेजले पहिलो हाफमा गरेको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता लिए लिएको थियो । 

तर, इन्जुरी समयमा घरेलु टोलीले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । उसका इनेर भ्यालेन्सिकाले गोल गरे । दक्षिण अमेरिकी च्याम्पियनलाई बराबरीमा रोकेसँगै इक्वेडरले विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ ।

छनोटको दोस्रो स्थानको अर्जेन्टिनाले भने यसअघि नै विश्वकपको यात्रा पक्का गरिसकेको छ । यस बराबरीसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई ३१ खेलसम्म पुर्‍याएको छ ।

दक्षिण अमेरिकी छनोटबाट विश्वकपमा छनोट भएका चार टोलीको टुंगो लागेको छ । विश्वकपमा अर्जेन्टिनासँगै ब्राजिलले अपराजित रहँदै आफ्नो स्थान सुरक्षित गर्‍यो । यस्तै, उरुग्वे तेस्रो र इक्वेडर चौथो स्थानमा रहँदै विश्वकपमा स्थान पक्का गरे ।