शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गठबन्धन सरकार बनेपछि विकास निर्माण ठप्प भयो

बुधबार, चैत्र १६ २०७८

काठमाडौँ l नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बनेपछि विकास निर्माण ठप्प भएको बताएका छन् । एमालेले लुम्बिनीमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा गरेका हुन् ।

देशको अर्थतन्त्र संकटमा परेको भन्दै उनले गठबन्धन सरकारले केही गर्न नसकेको बताए । उनले बढ्दो महंगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको बताए ।

उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षको अवधिमा भूकम्प प्रभावितलाई घरबास उपलब्ध गराउनेदेखि लिएर तराईमा बाढीबाट विस्थापित आठ सय परिवारलाई घर निर्माण गरिदिएको बताए । उनले

भैरहवाको गौतमबुद्ध विमानस्थल, लुम्बिनीको पाँच हजार मानिस अट्ने सभाहल, जनकपुर–जयनगर रेलसेवा आफ्नो सरकारमा हुँदा अगाडि बढेको पनि बताए ।