भक्तपुर l सूर्यविनायक नगरपालिकामा ५० रोपनी जग्गामा नेपालकै सबैभन्दा ठूलो तरकारी बजार खुलेको छ । मेडिकल व्यवसायीमा अपार सफलता पश्चात व्यवसायी दुर्गा प्रसाईले समुन्नत किसान बनाउने अवधारणा सहित २ अर्बको लागतमा नयाँ व्यवसाय थालेका छन्।
मंलगबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईले भने, ‘जे गर्छु स्वदेशमै गर्छु भनेर तरकारी बजार संचालनमा ल्याएको हुँ ।’२ अर्ब रुपैयाँ भन्दा धेरै लगानी गरेर तरकारी बजार संचालनमा ल्याएको उनले दावी गरे । बिचौलियाको अन्त्य गर्न र किसानलाई राहत दिन आफुले तरकारी बजार बनाएको प्रसाईको दाबी रहेको छ ।
उनले सूर्यविनायक हरित तथा कृषि थोक बजार सञ्चालनमा ल्याएको जानकारी दिए । साथै आफ्नो कामलाई सकारात्मक रुपमा लिन पनि सबैलाई आग्रह गरेका छन् । आफु स्वदेशमै रोजगार सिर्जना गर्न र किशानलाई राहत दिन यस्तो ब्यवसायमा लागेको दावी गरेका छन् । बिचौलियाको अन्त्य हुने पनि उनले बताएका छन् ।
आफ्नो कामलाई मिडियाले गलत ढंगले प्रचार गरेको भन्दै प्रसाईले यो कुरालाई नकारात्मक भन्दापनि किसानका् हितको लागि सोचिदिन सबैलाई आग्रह समेत गरे । ‘हाल २२ सय स्टलमा प्रत्यक्ष ४४ सय जनाले रोजगारी पाउने र १० हजार भन्दा धेरै किसान अप्रत्यक्ष फाइदा लिने सक्ने छन्,’ पत्रकार सम्मेलनमा प्रसाईले भने । केही समय अगाडीनै बजार संचालनमा आएको भएपनि कोरोनाको कारणले सहज नभएकाले बुधबार एमालेका अध्यक्ष केपि शर्मा ओलीले बजारको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
बजारले भक्तपुरको विकासमा सहयोग पुग्ने उनको विश्वास छ।