शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

लिबाङको चुनावी आमसभालाई सम्बोधन गर्न प्रचण्ड रोल्पा जाँदै

सोमबार, चैत्र १४ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन् ।

पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने चुनावी सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् ।

यसअघि उनले युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्ने कार्यक्रम छ।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । केहीको शालिक पनि राखिएको छ ।

करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए ।