ललितपुर । ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने हुन् ।
दुर्घटनमा परी गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राति नै मृत्यु भएको थियो ।
दुर्घटनामा परी घाइते हुनेमा महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंह रहेका छन् ।
न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराती सवा १ बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।
सिंहको उपचार भइरहेको छ ।