शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पर्यटन बोर्डकाे सीईओ जाेगाउन अध्यक्ष महेश्वर न्यौपानेकाे अनेक नाटक !

शुक्रबार, चैत्र ११ २०७८

काठमाडौँ l नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्यडन सचिव महेश्वर न्यौपानेले बोर्डका सीईओ धनञ्जय रेग्मीलाई हटाउन २०७८ चैत १० गते विहीबारसम्ममा तेस्रो प्रयास गरेकाे खबर छ  । एक महिनाको बीचमा तीनवटा प्रयास गरेका सचिव न्यौपानेले हटाउन भने सकेका छैनन् ।

यी तीनवटै प्रयासमा बोर्डको सञ्चालक समितिका अध्यक्षसमेत रहेका सचिव न्यौपानेको तेस्रो पनि सफल नभएपछि पर्यटन मन्त्रालयमा चर्चाको विषय बनेको छ । सचिव न्यौपाने र पर्यटन मन्त्री प्रेम आले जसरी पनि सीईओ रेग्मीलाई हटाउने प्रयासमा रहेका छन् ।

त्यसैअनुसार बोर्ड बैठक पनि बसिरहेको छ । तर, तीनवटा बैठकको प्रयाससम्म पनि सफल भने भएका छैनन् । यसले अध्यक्ष न्यौपानेको नियतमा पनि प्रश्न उठेको छ । मन्त्रीले चाहे पनि सचिव न्यौपाने स्वयम् ले चाहिं हटाउन नचाहेको हो कि भन्ने प्रश्न पनि उठेको छ ।

हिजो बिहीबार बोर्ड बैठक साढे पाँच बजेका लागि बोलाएका थिए । चैत ९ गते बुधवार राति  बिहीवार साँझ साढे ५ बजेका लागि बोर्ड बैठकको भनेर खबर पठाएका थिए । एक्कासी बोर्ड बैठक बोलाएका कारण् निजी क्षेत्रका बोर्ड सदस्यहरुमध्ये केही काठमाडौं बाहिर भएका कारण काठमाडौं आईहाल्न भ्याउने अवस्था थिएन भने को कहाँ छन् भन्ने पत्तो नभई बोर्ड बैठक बोलाएका थिए ।

त्यसैले, बोर्ड बैठकमा कोरम पुग्ने अवस्था पनि थिए । यसभन्दा अघिका दुईवटा बैठक जसमा सीईओ रेग्मीलाई हटाउने निर्णय गर्ने सुरमा थिए, ती बैठकमा पनि कोरम पुगेको थिएन । बैठकका लागि कोरम पुग्ने भएपनि कारबाहीका लागि बहुमत सदस्य आवश्यक पर्छ । ११ सदस्यीय बोर्ड सदस्यमध्यै ६ जना आवश्यक पर्छ ।

तर, पछिल्ला दिनमा उक्त कोरम पुर्याउन नसकेर अध्यक्ष/सचिव न्यौपाने हैरानी परेका छन् । निजी क्षेत्रबाट बोर्डका प्रतिनिधित्व गर्ने ५ जना बोर्ड सदस्य एकठाउँमा उभिएको अवस्थामा मात्रै बोर्डमा बहुमत पुग्ने अवस्था रहेको छ । तर, अहिलेसम्मका तीनवटा प्रयासमै बोर्ड बैठकमा सचिव अध्यक्ष न्यौपानेले बहुमत पुर्याउन सकेका छैनन । चैत १० गते बिहीबारको बैठकका लागि अध्यक्ष न्यौपानेले बैठक बोलाउँदा निजी क्षेत्रका बोर्ड सदस्यह कृष्णबहादुर शाह, ङवाङ शेर्पा, उपाध्यक्ष चन्द्र रिजाललगायत काठमाडौं बाहिर रहेका थिए ।

उनीहरु तत्काल काठमाडौं आएर बोर्डको बैठकमा सहभागी हुन सक्ने अवस्था नरहेको बताइएको थियो । त्यही कारण बिहीबारको बोर्ड बैठकमा पनि कोरम पुग्ने अवस्था नभएको जान्दाजान्दै सचिव न्यौपानेले किन बैठक डाके ? भन्ने प्रश्न उठेको छ । चैत १० गते बिहीवार अन्तिम समयमा बोर्ड बैठक स्थगित भएको चर्चा मन्त्रालयमा छ । हिजो चैत १० गते  नै मन्त्री प्रेम आले भारत भ्रमणमा निस्कन लागेका थिए ।

मन्त्री आलेको आग्रह टार्न नसकेपछि मात्रै अध्यक्ष/सचिव न्यौपानेले बोर्ड बैठक बोलाएको चर्चा पनि मन्त्रालयमा भइरहेको छ । अध्यक्ष/सचिव न्यौपानेले आलटाल गरेर निर्वाचन आचार संहिता लागू हुने दिन कुरेर बसेकाे आराेप मन्त्रीकाे सचिवालयका मानिसहरूले लगाउन थालेका छन् ।

निर्वाचन आचार संहिता लागू भएपछि निष्काशन र नियुक्ति गर्न नपाइने भएका  कारण सीईओ धनञ्जय रेग्मीकाे समूहसँग सेटिङ गरेर मन्त्री प्रेम आलेका आँखामा छाराे हाल्न अध्यक्ष/सचिव न्यौपानेले अनेक बाहनाबाजी र नाटक गर्ने गरेकाे आराेप लागेकाे छ । आफूले भने जस्ताे काम गर्ने भन्दै मन्त्री आलेले सचिव यादव काेइरालालाई हटाएर सचिव महेश्वर न्यौपानेलाई पर्यटनमा ल्याएका थिए ।साँघु साप्ताहिकबाट