शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चिनियाँ पाहुना फर्के लगतै प्रधानमन्त्री भारत जाने

शुक्रबार, चैत्र ११ २०७८

काठमाडौँ l  प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् ।

पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक भारत भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण चीनका विदेश मन्त्री बाङ यीको नेपाल भ्रमण लगत्तै हुन लागेको हो । चिनियाँ विदेश मन्त्री नेपालबाट फर्केको केही दिनमै प्रधानमन्त्री देउवाको यो भारत भ्रमणका रणनीतिक तथा कुटनीतिक दृष्टिकोणले अति महत्वपूर्ण मानिएको छ । 

भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।

यसअिघ भाइब्रेन्ट गुजरात समिटमा भाग लिन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।

प्रधानमन्त्री देउवा निर्वाचन आचारसंहिता लागू हुनु अघि नै भारतको भ्रमणमा जान थालेका हुन् ।