सेमिनार र गोष्ठीले मात्रै कृषि उत्पादन नहुने
काठमाडौँ l नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले कोरोना महामारी पश्चात कृषि क्षेत्रमा आकर्षण बढ्दो रहेकाले राज्यले उतिच मूल्यांकन गर्दै कृषि क्रान्तिमार्फत देशको अर्थतन्त्रलाई मजबुत गराउन आवश्यक रहेको बताएका छन् l
“बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार”मुलनाराका साथ बिहिबारदेखि बुटवलमा आयोजित “कृषि मेला २०७८”को समूद्घाटन समारोहलाई सम्बोधन गर्दै सुमार्गीले सेमिनार र गोष्ठीले मात्रै कृषि उत्पादन नहुने त्यसका निम्ति राज्यस्तरबाट कृषि क्षेत्रमा आवश्यक नीति अवलम्बन गर्ने जरुरी रहेको बताएका छन् l
सुमार्गीले कृषि उद्यम केन्द्रको तर्फबाट आधुनिक कृषिको अध्ययन २०० जनालाई कोरिया अध्ययन गर्न पठाउन लागिएको बताए । उनले केन्द्रले सय किसान अभियान देशभर सुरु गरिएको बताउदै सो अभियानले किसानलाई पैसा,प्रविधि र प्राबिधिक प्रदान गर्ने बताए ।
सुमार्गीले किसान बहुसंख्यक किसान नै आम जनता भएकोले जनताको समृद्धिको लागी किसानको उत्थान हुन जरुरी रहेको बताए । उनले बजारीकरणको लागि कोल्ड स्टोरको खाचो औल्याउँदै निजि क्षेत्र आफैं कोल्ड स्टोर निर्माणमा लाग्नुपर्ने बताए ।
उनलेबुटवल बजारमा १ हजार टनको कोल्ड स्टोर बनाउन प्रदेश प्रमुख अमिक शेरचनलाई आग्रह गरे । कृषिमा आत्मनिर्भरतातर्फ कृषि उद्यम केन्द्रले राज्यलाई झक्झक्याएर अघि बढाउन खोजेको उनको दाबी थियो । उनले आगामी बजेट वितरणमुखी बजेट कृषिमा नआउनेमा आफू बिश्वत रहेको बताए । उनले कृषिमा अध्ययन र अनुसन्धानमा राज्यले लगानी गर्न आग्रह समेत गरेका थिए ।