बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

माओवादी प्रवक्ता महराका स्वकीय सचिव एमालेमा प्रवेश

बिहिबार, चैत्र १० २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमाले प्रवेश गरेका छन् ।

बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मा र उनकी पत्नी सीता चौधरीलाई पार्टीमा स्वागत गराए ।

महराका स्वकीय सचिव रहेका शर्माले केही दिनअघि माओवादीप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्याग गरेका थिए ।

शर्मा नेकपा माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीको अध्यक्ष थिए । गएको स्थानीय तह निर्वाचनमा उनकी पत्नी चौधरी घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार उठेकी थिइन् ।