काठमाडौँ l नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले अनुदानलाई छोडेर आत्मनिर्भरतातर्फ जोडिनको लागी कृषि सहकारीमार्फत सहुलियत ऋण उपलब्ध गराउने निति नै कृषिको पृष्ठभुमिमा नयाँ आयाम हुने बताएका छन् ।
बुधबार चितवनको एक्स्पो सेन्टर भरतपुरमा आयोजित विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’लाई सम्बोधन गर्दै सुमार्गीले नेपालमा सबै क्षेत्रबाट कृषिलाई उकास्न पर्छ भन्ने मान्यता लागु गर्नपर्ने बताए । कृषी कर्जा मेलाले किसानमा उत्साह भर्न सहयोग पुर्याउने बिश्वास समेत व्यक्त गरे ।
नबिल र कृषि विकास बैंकको मुख्य प्रायोजनमा आयोजना मेलामा बैंकहरूलाई कृषि कर्जा विस्तार गर्न सहयोग पुर्याउने, नीति–निर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषकहरूको उपस्थितिमा संवाद एवं कार्यशाला सञ्चालन हुनेछ ।
उक्त कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल केशरी शाह , नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिलकुमार शर्माले सम्बोधन गरेका थिए ।
साहले हजारौँ नेपालीलाई विदेशबाट फर्काउने एउटै माध्यम कृषि भएको बताए।
शर्माले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रलाई बढी जोड दिइरहेको बताए। उनले सरकारको चाहना पनि कृषि क्षेत्रलाई उकास्ने रहेको भन्दै सहुलियत कर्जा कृषि क्षेत्रमै रहेको बताए।