शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले केन्द्रीय कमिटीको बैठक जारी, यी एजेण्डामा छलफल केन्द्रित

बुधबार, चैत्र ९ २०७८

काठमाडौं । बबरमहलस्थित कार्की ब्यांक्वेटमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी छ ।

केहीबेर अघि शुरु भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले स्थानीय तहका निर्वाचनलगायतनका विषयमा छलफल भइरहेको छ ।

एमालेले बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरेका थिए । उनले आगामी निर्वाचनमा पार्टीलाई कसरी देशभर विजयी गराउने भन्ने विषयमा नेताहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष  ओली र महासचिव शंकर पोखरेलको राजनीतिक तथा समसामयिक प्रतिवेदन, सातवटै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका विषय बैठकका मुख्य एजेण्डा रहेका छन् ।

केन्द्रीय कमिटीको तेस्रो बैठकले छलफल र निर्णयका लागि ११ वटा कार्यसूची पारित गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

1.jpg