शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

महाधिवेशन अघि नै अध्यक्ष निर्विरोध, अरु आज चयन हुने

बुधबार, चैत्र ९ २०७८

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा हुँदैछ ।

आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुंगाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् ।
अन्य पदाधिकारी, केन्द्रीय सदस्यलगायतको चयन गर्न आजबाट महाधिवेशन सुरु हुने भएको हो ।

प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।