शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रौतहटमा २२ वर्षीया महिला बलात्कृत, आरोपित फरार

मंगलबार, चैत्र ८ २०७८

रौतहट । रौतहटमा एक महिला बलात्कृत भएकी छन् ।

सोमबार राति ८ बजेतिर शौच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका २ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेको आरोप छ ।

जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आरोपित पटेल फरार छन् । पीडित महिलाको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ ।

पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएको छ ।
महिला घरछेउकै खेतमा शौच गर्न गएको बताइएको छ । तर, पटेलले उनलाई खेतमै पछारेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।