शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चीनमा १३३ जना सवार विमान दुर्घटना

मंगलबार, चैत्र ८ २०७८

काठमाडौँ l चीनमा विमान दुर्घटना भएको छ । चाइना ईस्टर्न प्यासेन्जर जेट विमान सोमबार दिउँसो ग्वाङसी प्रान्तमा दुर्घटना भएको हो । एमयु ५७३५ विमानमा १३३ जना सवार रहेका थिए ।

सो दुर्घटनामा निधन हुनेको संख्या भने यकिन भएको छैन । यसैगरी दुर्घटना हुनुको कारण पनि खुलेको छैन । बोइंग ७३७ मोडलको सो विमान दिउँसो एक बजे कुनमिंग चांगशुई एयरपोर्टबाट उडेको थियो । जुन ३ बजे ग्वान्जाओ पुग्नुपर्ने थियो । दुर्घटनाका बारेमा अहिलेसम्म चाइना ईस्टर्नले केहि बताएको छैन ।

दुर्घटनाको तस्बिरका अनुसार हिमाली क्षेत्रमा दुर्घटना भएको र जङ्गलमा आगो देखिन्छ ।