काठमाडौं। अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोधपुछ गरेको छ।
नेपालको अर्थतन्त्रमा असर गरेको क्रिप्टो करेन्सीलाई प्रोत्साहन गरी विज्ञापन गरेपछि उनलाई सीआईबीले अनुसन्धान थालेको हो। सीआईबी कार्यालयमा आइतबार उनलाई तीन घन्टा बयान लिइएको थियो।

प्रहरी नियन्त्रणमा नराखीकन उनीमाथि अनुसन्धान जारी राखिएको सीआईबीका उच्च अधिकारीले जानकारी दिए। ‘उसको श्रीमानको जिम्मा लगाएर बयानका लागि बोलाउँदा आउनू भनेर पठाएका छौं’, ति अधिकारी भन्छन्,‘विविध कोणबाट अनुसन्धान हुँदैछन्।’