शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आइसीसी विश्वकप लिग-२: नेपाल र यूएई भिड्दै

सोमबार, चैत्र ७ २०७८

काठमाडौं । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा  आज सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ ।

दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा छ ।

आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । 
नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई तीन खेलमा विजयी भएको छ । 

प्रतियोगितामा नेपाल १० खेलमा ५  जित र ५  हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । यूएई १७ खेलमा ९  जित र ६  हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।