बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आज पनि घट्यो शेयर बजार

आइतबार, चैत्र ६ २०७८

काठमाडौँ l नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १४ दशमलव ६७ अंकले घटेर २६ सय ८९ दशमलव ५० अंकमा झर्दा सेन्सिटिभ पनि तीन दशमलव एक अंकले घटेर चार सय ९४ दशमलव ३८ अंकमा झरेको छ ।

दुई सय २४ वटा कम्पनीहरुको ३५ हजार दुई सय १२ पटकको कारोबारमा ४२ लाख ८७ हजार पाँच सय ६९ कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम दुई अर्ब २७ करोड ४६ लाख २६ हजार एक सय ९१ रुपैयाँ पुगेको छ । 

१३ वटा समुहको कारोवार हुंदा लगानी समुहको बढेर बाँकी समुहको सुचक घटेका छन् ।  ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव तीन अंकले घटेर १६ सय ८९ दशमलव ५० अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १३ दशमलव छ अंकले घटेर तीन हजार ६७ दशमलव ५५ अंकमा झरेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि ७४ दशमलव २६ अंकले घटेर १२ हजार एक सय नौं दशमलव २० अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ९७ दशमलव नौ अंकले घटेर १४ हजार दुई सय १९ दशमलव ४५ अंकमा झरेको छ ।

यसैगरी विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर परेको छ ।

यसैगरी बढी रकम करोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।