शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विप्लवको चाहना चुनाव

शनिबार, चैत्र ५ २०७८

काठमाडौँ l नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस भएको छ ।

कपिलवस्तुको शिवगढीमा आज (शुक्रबार) दिउँसो २ बजेबाट शुरु भएको बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको र भोलिसम्म अध्ययन गरेर पुनः छलफल शुरु हुने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन गर्नेछन् ।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए । उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै एकमत छैन । पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए ।

बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ यसको विपक्षमा छन् । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ छन् ।
आजको वैठक तीन घण्टा बसेर स्थगित भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन उपयोग वा बहिष्कार भन्नेबारे बैठकले निणर्य गर्नेछ । शुक्रबारको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ७ मध्ये ४ जना सल्लाहकारको उपस्थिति रहेको थियो ।