शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

 बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि दुई देशीय सम्बन्धमा अझ दरार, युक्रेन-युद्धले बालबालिका अझ मारमा

बिहिबार, चैत्र ३ २०७८

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गरेको टिप्पणीलाई लिएर रुस क्रुद्ध बनेको छ ।

युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो ।  बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ । 

पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभको भनाई उदृत गर्दै तासले लेखेको छ, ‘हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौ । ’

राष्ट्रपति बाइडनको टिप्पणीले दुई देशबीच कूटनीतिक तनाव बढ्न सक्ने अनुमान गरिएको छ । बाइडेनले आवेशमा आएर पुटिनलाई व्यक्तिगत ढंगले गालीग्लौजमा उत्रिएको विश्लेषण हुन थालेको छ । जसले उनीहरुबीचको सम्बन्धमा अझ दरार आएको विश्लेषण हुन थालेको छ ।

‘नो फ्लाइ जोन’ को लागि आह्वान 
यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई आफ्नो देशलाई रूसी हवाई आक्रमणबाट जोगाउन नो९फ्लाई जोन सिर्जना गर्न बुधबार अर्को भावपूर्ण अपील गरेका छन् ।

‘मेरो एउटा सपना छ, यी शब्दहरू आज तपाईंहरू प्रत्येकलाई थाहा छ म भन्न सक्छु। मलाई एउटा आवश्यकता छ, मलाई हाम्रो आकाशको रक्षा गर्नु छ । मलाई तपाईंको निर्णय र सोही अनुरूपको मद्दत पनि चाहिन्छ,’ उनले अमेरिकी कङ्ग्रेसलाई भर्चुअल भाषणमा  सो आग्रह गरेका हुन् ।
यो सबै ‘रुसले हाम्रा स्वतन्त्र शहरहरूलाई आतंकित गर्न सक्षम नहोस्।’ भन्नका लागि हो उनले भनेका छन् ।

जेलेन्स्कीले बुधबार अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्दा युक्रेनको  विनाशकारी भिडियो देखाएका थिए ।

पृष्ठभूमिमा सुमधुर सङ्गीतसहितको छोटो भिडियोले भग्नावशेष भवनहरू र बालबालिकाहरू सहित घाइते भएका नागरिकहरूको कारुणिक दृष्य देखाइएको थियो ।

बालबालिकाको अवस्था नाजुक

यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले जानकारी गराएका छन् ।

रूसी आक्रमण सुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कूल संख्या तीस लाखभन्दा बढी पुगेको राष्ट्रसंघको बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ 

‘अहिले यूक्रेनबाट छिमेकी देशहरूमा मानिसहरूको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौँ ।’

यीमध्ये लगभग एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेका अन्तरराष्ट्रिय आप्रबासी संगठन (आईओएम) का प्रवक्ता पल डिलनले जेनेभामा बताए । ‘फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि अहिले लगभग १५ लाख बालबालिका यूक्रेनबाट बाहिरिएका छन् । गत २० दिनको दौडान यूक्रेनमा हरेक दिन ७०,००० भन्दा बढी केटाकेटी शरणार्थी भएका छन् ।’ 

संयुक्त राष्ट्र बाल कोषका प्रवक्ता जेम्स एल्डरले भे, “हरेक मिनेट ५५ जना बालबालिका देश ९यूक्रेन० छोडेर विदेशिने गरेका छन् ।” 

यूक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये नौ जना महिला तथा केटाकेटीहरू रहेका युनिसेफका प्रवक्तालाई उद्धृत गरी राष्ट्रसंघको सञ्चारमामिला हेर्ने संगठन (यूएन न्युज) ले उल्लेख गरेको छ । युवाहरू अपरिचित नयाँ वातावरणमा आइपुग्दा तस्करहरूको सिकार भइरहेको आशङ्का पनि गरिएको छ । 

 एजेन्सी