शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुनको भाउ घट्यो, आज कति ?

बुधबार, चैत्र २ २०७८

काठमाडौं ।  सुनको मूल्य ओरालो लागेको छ । बुधबार सुनको मूल्य तोलाको ९९ हजार तीन समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ तोकिएको थियो । यसैगरी सोमबारको तुलनामा म‌ंगलबार छापावाल सुनको मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको संघले जनाएको छ । 

मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ । साताको पहिला दिनको तुलनामा साता चौथो दिन बुधबार सुनको मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेको छ । 

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारर एक हजार तीन सय ७० रुपैयाँ तोकिएको संघले जनाएको छ ।