शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सिरहामा कार दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाइते

सोमबार, फाल्गुन ३० २०७८

सिरहा । सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धिरज मण्डल रहेका छन् । 

घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् । 

घाइतेहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।  घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाईएको छ । 

आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो । कार चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।