राजविराज । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका ४ टेंगरीमा शनिबार मध्यराति भएको आगलागीमा १३ घर जलेर नष्ट भएका छन् । आगलागीमा २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
अग्निसाईर कृष्णसावरण गापा ४ टेंगरी टोलका डम्बर यादवले आफ्नै फुसको घर अगाडि थुपारी राखेको फोहोरमा आगलागी भएर आगो फैलिएको थियो ।
इप्रका महुली , इप्रका कञ्चनपुर सप्तरी र प्रचौ लोहाजाराबाट प्रहरी टोली खटिई गई हनुमाननगर कंकालिनी नपाको दमकल, शम्भूनाथ नपाको दमकल, राजबिराज तालिम केन्द्रको दमकल र स्थानीय मानिसहरू र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मध्यरातमा आगलागी हुँदा डम्बर यादव, श्यामकुमाबर यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ घरपरिवारको घर जलेको सप्तरी प्रहरीले जनाएको छ ।