शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रामशरण देउजाद्वारा उम्मेदवारी घोषणा 

शुक्रबार, फाल्गुन २७ २०७८

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आजदेखि तीन दिनसम्म हुन गइरहेको १२औं अधिवेशनमा महासंघका पूर्वमहासचिव रामशरण देउजाले उम्मेदवारी घोषणा गरेका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै देउजाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै देउजाले बिकराल समस्याको बीच निर्माण व्यवसायी रुमालिएको भन्दै उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याउनको लागि आफुले उम्मेदवारी दिन लागेको बताए  ।

आफूले अप्रत्यक्ष रुपले २०४३ र प्रत्यक्ष रुपले २०४७ सालदेखि निर्माण व्यवसायीको रुपमा निरन्तर सम्लग्न रहेको पनि देउजाले उल्लेख गरे । स्वः अध्यक्ष सरद गौचन र आफु महासचिव हुँदा साना व्यवसायीको हितको लागि काम गर्ने सिलशिलामा २ करोडसम्मको निर्माण कार्यहरुमा कुनै पनि योग्यता नचाहिने नियम संसोधन गर्न सफल देउजाले जिकिर गरे ।

उनले अहिले समग्र निर्माण उद्योग अस्वच्छ अविश्वसनिय दररेट कबोल गर्ने प्रतिस्पर्धामा रुमलिएको भन्दै दुःख प्रकट समेत गरेका छन् ।

महासंघको २३औँ साधारणसभा तथा १२औँ अधिवेशन फागुन २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।