शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाललाई युक्रेन बनाइदिने भारतका पूर्व सैनिकको चेतावनी

शुक्रबार, फाल्गुन २७ २०७८

काठमाडौं। भारतीय सेनाका अवकाशप्राप्त एक मेजर जनरलले नेपाललाई युक्रेन बनाइदिने चेतावनी दिएका छन् ।
केहीदिन अघि भारतीय टेलिभिजन आज तकसँगको कुराकानीमा विश्वम्भर दयालले चीनसँग हिमचिम बढाउने प्रयास गरे नेपाल र भुटानलाई युक्रेनको भन्दा फरक नहुने चेतावनी दिएका हुन् ।
पत्रकारले मित्रराष्ट्रहरुलाई यो प्रकारको धम्कीको भाषा बोलेर विश्वासमा लिन नसकिने प्रसंग उठाउँदा पनि दयालले एकोहोरो युक्रेन बनाइदिने धम्की दिएका थिए ।

उनको यो भनाइ भर्खरै संसदबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसी लगायत नेपाल-भारत सीमा विवाद कालापानी लिपुलेकसँग सम्बन्धित छ ।