बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

शुक्रबार, फाल्गुन २७ २०७८

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरुसँग आज छलफल गर्दै छ । स्थानीय तहको  निर्वाचनका सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आयोगले बोलाएको हो ।

आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आयोगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने राय–सुझाव लिने छ ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।