ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका ४ मा आगलागी हुँदा एक वृद्धाको ज्यान गएको छ ।
फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलका अनुसार कोप्चेको पुरानो गोसलाइनमा भएको आगलागीमा ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको छ ।आगो अझै नियन्त्रणमा आउन नसकेको उनले बताए ।
सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।
स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्ण रुपमा क्षति भएको छ ।
जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।
आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन ।