काठमाडौँ l आउँदो वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी भर्ना गरिने भएको छ । अर्थ मन्त्रालयले आउँदो निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए ।
उनका अनुसार आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोकिएकाले यसको सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।
उनले म्यादी प्रहरीबारे सूचना एक साताभित्रमा सार्वजनिक गर्ने तयारी गरिएको बताए । निर्वाचनको लागि एक लाख १८ हजार म्यादी प्रहरी माग गरिएपनि एक लाख मात्र स्वीकृति दिइएको जनाइएको छ ।