शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई जहाज सकुशल चीन पुगे

बिहिबार, फाल्गुन २६ २०७८

बेइजिङ । युक्रेनबाट निकालिएका चिनियाँ नागरिक बोकेका दुईवटा अस्थायी उडान बिहीबार सकुशल चीन आइपुगेका छन् ।

बिहान ८ बजेर २ मिनेटमा पहिलो उडान पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा र दोस्रो उडान ११ बजेर १२ मिनेटमा पूर्वी चीनको शानडोङ प्रान्तको जिनानमा आइपुगेको जनाइएको छ।

यसअघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजाने सात अस्थायी उडानहरू पहिले चीन पुगिसकेका छन् ।

-एजेन्सी