दैलेख । फागुन १९ गते बिहीबार साँझ निस्सासिएर मृत्यु भएका बादी परिवारलाई ठाटीकाँध गाउँपालिकाले राहत वितरण गरेको छ ।
गाउँपलिकाले सुतिरहेको अवस्थामा कपडाबाट आगो सल्किएर मृत्यु भएका बादी परिवारलाई दैनिक उपभोग्य वस्तु र नगद सहयोग गरेको हो ।
ठाटीकाँध गाउँपालिका १ मा बसोवास गर्दै आएका ४० वर्षीय हरिकला बादी र उनका १८ वर्षीय छोरा रमेश बादीको मृत्यु भएको थियो ।
उक्त घटनाप्रति दु:खव्यक्त गर्दै ठाटीकाँध गाउँपालिकाले मृतकको घरपरिवारलाई ५८ हजार नगद रुपैयाँसहित दैनिक उपभोग्य बस्तु वितरण गरेको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए ।
न्यून आर्थिक अवस्थामा रहेका मृतक बादीका परिवारलाईआफूले सहयोग गरेको शाहीको भनाइ छ