संखुवासभा । संखुवासभाको मादी नगरपालिका ६ मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो ।
संखुवासभाका सिडिओ नूरहरि खतिवडाका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान साढे सात बजे मादी- ६ को सातघुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परेका तीन जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन ।