शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसदमा आज एमसीसीका विषयमा छलफल हुदै, बैठकमा अनिवार्य उपस्थितीकालागि कांग्रेसद्वारा ह्विप जारी

बिहिबार, फाल्गुन १२ २०७८

काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा आजदेखि छलफल सुरु हुने भएको छ ।

प्रतिनिधिसभाको  दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भइसकेको छ ।  सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले कार्यसूचीमा एमसीसीको विषय पनि परेको जानकारी दिए ।

यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन  पेश गर्ने कार्यसूची पनि तय गरिएको छ । 

यसैबीच
सत्तारुढ दल नेपाली कांग्रेसले  प्रतिनिधिसभा बैठकमा, अनिवार्य उपस्थितका लागि आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । एमसीसी अनुमोदनका लागि टेबल भएको प्रस्तावमाथि छलफल सुरु हुने भन्दै कांग्रेसले सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो । 

गएको आइतवार टेबल भएको एमसीसी सम्झौतामाथि आजदेखि संसदमा छलफल सुरू हुँदैछ।